हेटौडा, ७ जेठ – राप्रपाका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा नतिजा हालम्म शुन्य छ । निर्वाचन पहिले निकै सशक्त दावेदारका रुपमा हेरिएको राप्रपालाई स्थानीय तह निर्वाचनले गतिलो झापड हानको देखिएको छ, आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

आफूहरुलाई हिन्दु धारको नेतृत्वकर्ताका रुपमा ब्यख्या गर्दै आएको राप्रपाले थापाकै गृहजिल्लामा एक स्थानमा पनि अग्रता कायम गर्न नसकेपछि मकवानुपुरमा राप्रपाको राजनीतिक भविष्य के हुने भन्ने विश्लेषण गर्न थालिएको छ ।
दोस्रो संविधानसभा हटौडा महानगर क्षेत्रमा दोस्रो स्थानमा रहन सफल राप्रपा स्थानीय तहको हालसम्मको परिणाममा भने निकै खुम्चिएको छ ।