२४ जेठ २०८३, आइतबार

‘सायद २’ को रिलिज डेट घोषणा

कात्तिक २०, २०७४
‘सायद २’ को रिलिज डेट घोषणा

काठमाडौं, २० मंसिर – चलचित्र ‘सायद’ व्यवसायिक रुपमा सफल भएपछि बनेको चलचित्र ‘सायद २’ को रिलिज मिति तय भएको छ । यस फिल्मको प्रदर्शन मिति चैत्र ४ गते फिल्म रिलिज हुनेछ ।

एसएलसीका विद्यार्थीलाई मध्यनजर गर्दै फिल्मको डेट राखिएको निर्माण पक्षले जानकारी दियो । युवापुस्ता लक्षित फिल्म भएकाले पनि उक्त मिति सान्र्दभिक हुने उनीहरूको तर्क थियो ।

sayad-2

पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्रमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सुनिल रावल, निशा कार्की, कुशल पाण्डे लगायतको मुख्य भूमिका रहेको छ ।

निर्माण पक्षले सिनेमाको अन्तराष्ट्रिय रिलिज मिति र बिक्रीबारे पनि जानकारी गराएको छ । नमस्ते इन्टरटेनमेन्टलाई अष्ट्रेलिया राइट १६ लाखमा बिक्री गरेको छ । त्यस्तै जापानमा सुवास लामिछानेलाई ८ लाख, न्यूजिल्याण्डमा विक्की प्रधानलाई १ लाख, क्यानडाका लागि सुजन कुवँरलाई २ लाखमा बिक्री गरिएको जानकारी छ ।saaayad-2

त्यस्तै उमेश रावलले अमेरिकाको लागि १६ लाखमा राइट खरिद गरेका छन् । पोर्चुगलमा शान्ता रुम्बाले २ लाख, हङकङमा प्रवेश गुरुङले ४ लाखमा राइट खरिद गरेको समेत निर्माता सुनिल रावलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्