३० असार २०८३, मंगलबार

फैसलाको स्वागत गर्दै जनमोर्चाले दियो अदालतलाई धन्यवाद

फागुन ११, २०७७
फैसलाको स्वागत गर्दै जनमोर्चाले दियो अदालतलाई धन्यवाद

राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाको स्वागत गरेको छ ।
सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अदालतलाई धन्यवाद समेत दिएका छन् । केसीको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको घटनालाई सर्वोच्च अदालतले असंवैधानिक भनेर संसद विघटनलाई बदर गर्दै संसद पुनस्र्थापना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको उक्त निर्णयलाई हामीले स्वागत गर्दछौँ र सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।’

प्रधानमन्त्री केपी  ओलीको संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक एवं प्रतिगामी कदमका विरुद्ध तथा संसद पुनस्र्थापनाको लागि संघर्ष गरिरहेका सबै राजनीतिक दल, संगठन, संघ, संस्था, नागरिक समाज, पत्रकार तथा जनतालाई पनि जनमोर्चाले धन्यवाद ज्ञापन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्