०४ असार २०८३, बिहीबार

‘ओलीको पदमा रहने सबै आधार समाप्त भए, तुरून्त राजीनामा गर्नुपर्छ’

फागुन ११, २०७७
‘ओलीको पदमा रहने सबै आधार समाप्त भए, तुरून्त राजीनामा गर्नुपर्छ’

नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको पदमा रहने सबै आधार समाप्त भएको भन्दै उनले तुरून्त राजीनामा गर्नुपर्ने बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरिदिएपछि रावलले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘प्रम केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ। उहाँले प्रमको पदमा रहने सबै आधार समाप्त भएका छन्।तुरून्त राजीनामा गर्नुपर्छ’, रावलले ट्वीटरमार्फत भनेका छन् ।
उनले ओलीको निरङ्कुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद  र बधाई समेत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्