२४ असार २०८३, बुधबार

गोकर्ण विष्टको आह्वान : संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढौं

फागुन १२, २०७७
गोकर्ण विष्टको आह्वान : संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले विगतबाट पाठ सिक्दै संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढ्न आह्वान गरेका छन् ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै नेता विष्टले संयमित हुन आह्वान गरेका हुन् ।

उनले लेखेका छन्, ‘सम्मानित अदालतको फैसलापछिको राजनीतिक परिस्थितिलाई देश, जनता र लोकतन्त्रको हितमा केन्द्रित गर्न विगतबाट पाठ सिक्दै संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढौं ।’

salt training

कमेन्ट गर्नुहोस्