
पूर्व सभामुख दमन नाथ ढुंगानाले सर्वोच्च अदालतको फैसलाले मुलुकमा राजनैतिक संकट टरेको बताएका छन् ।
मंगलवार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेसँगै उनले बुधवार फैसलाले संविधान लिकमा फर्किएको बताएका छन् ।
पूर्व सभामुख ढुंगानाले सर्वोच्च अदालत तथा संविधान रक्षक नागरिक आवाज तथा अभियन्तालाई बधाई समेत दिएका छन् । उनले दायित्व अझै बाँकी रहेको भन्दै चरम भ्रष्टाचारबर्धक, संविधानको नग्न उल्लंघन प्रवृति रोक्ने कसरी भनी प्रश्न गरेका छन् ।
उनले प्रतिनिधि सभा अकालमा मार्ने वा बचाउन नसक्नेहरूलाई दण्ड के भन्दै प्रश्न गरेका छन् ।
यस्तो छ उनको प्रतिक्रिया
राजनैतिक संकट टर्यो, संविधान लिकमा फर्क्यो। सम्मानित सर्वोच्च अदालत एवं संविधान रक्षक नागरिक आबाज तथा अभियन्ताहरूलाई हार्दिक बधाई।दायित्व अझै बाँकी छन्। चरम भ्रष्टाचारबर्धक, संविधानको नग्न उल्लंघन प्रवृत्ति रोक्ने कसरी? प्रतिनिधिसभा अकालमा मार्ने वा बचाउन नसक्नेहरूलाई दण्ड के?
— Daman Nath Dhungana (@daman_nath) February 24, 2021