२१ असार २०८३, आइतबार

गल्फ खेलाडी टाइगर वूड्स परे सडक दुर्घटनामा, अस्पतालमा उपचार गराउँदै

फागुन १२, २०७७
गल्फ खेलाडी टाइगर वूड्स परे सडक दुर्घटनामा, अस्पतालमा उपचार गराउँदै

अमेरिकाको लस एंजिलिसमा भएको सडक दुर्घटनामा परी गल्फका चर्चित खेलाडी टाइगर वूड्स घाइते भएका छन् । 

नजिकैको अस्पतालमा उनको उपचार चलिरहेको छ । उनको गोडामा चोट लागेको बताइएको छ । 

गाडीभित्रको एयरब्यागका कारण वूड्सको ज्यान बाँचेको बताइएको छ । 

लस एन्जिलिसको स्थानीय समयअनुसार मंगलवार बिहान ७ः१२ मा रोबिङ हिल्स एस्टेट्स र र्‍यान्चो पालोस वेरिड्स नजिक वूड्सको कार दुर्घटनामा परेको थियो । 

उनले कार चलाइरहेको र कारमा उनीसँग कोही पनि नभएको बताइएको छ । कार निकै धेरै स्पीडमा रहेको र डिभाइडरमा ठोकिएर दुर्घटना भएको बताइएको छ ।
 

एसयूभीको एयरब्याग सही समयमा खुलेकाले वूड्सलाई गम्भीर चोटपटक नलागेको हो । 

टाइगर वूड्स अमेरिकाका प्रोफेसनल गल्फ खेलाडी हुन् र अहिलेसम्मकै सबभन्दा सफल पनि । कुनै समयमा उनी संसारकै सबभन्दा महंगा खेलाडी थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्