२७ असार २०८३, शनिबार

अदालतको फैसलापछि ओली समूहको पूर्वनिर्धारित जनसभा स्थगित

फागुन १२, २०७७
अदालतको फैसलापछि ओली समूहको पूर्वनिर्धारित जनसभा स्थगित

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेपछि नेकपा ओली समूहले पोखरामा गर्ने भनिएको जनसभा स्थगित भएको छ ।

वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन लक्षित जनसभा गर्दै आएको ओली समूह चुनाव नहुने भएपछि जनसभा स्थगित गरेको हो ।

पोखरामा १५ गते गर्ने भनिएको जनसभा स्थगित भएको नेकपा ओली समूहका स्याङ्जा जिल्ला अध्यक्ष सुरेशप्रसाद गैरेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै चुनाव घोषणा गरेर ओली समूहले विभिन्न शहरमा जनसभा गरेको थियो । जनसभालाई सम्बोधन गर्दै ओलीले घोषित मितिमै चुनाव हुने दाबी गर्दै आएका थिए । तर अदालतले विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि ओली समूहले जनसभाका कार्यक्रम स्थगित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्