
विकसित घटनाक्रमको विषयमा छलफल गर्न नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।
बुधवार सचिवालयका सदस्यहरुसँग छलफल गरेर प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् ।
प्रतिनिधि सभा पुनःस्थापना भएपछिको अवस्थाबारे छलफल गर्न प्रचण्ड–नेपाल देउवाकोमा पुगेका हुन् ।
देउवासँग छलफल गर्न भन्दै प्रचण्ड र नेपाल चितवनको जनसभामा सम्वोधन नगरी बुधवार बिहान काठमाडौं आएका थिए ।