०१ असार २०८३, सोमबार

नेपालका विषयमा विवादास्पद बयान दिने विप्लव देवलाई कठोर आलोचना गर्‍यो आरएसएसले

फागुन १२, २०७७
नेपालका विषयमा विवादास्पद बयान दिने विप्लव देवलाई कठोर आलोचना गर्‍यो आरएसएसले

नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टीले सरकार बनाउने भनी विवादास्पद बयान दिएका भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवलाई राष्ट्रिय स्वयंसेवक संघले कठोर आलोचना गरेको छ ।

विप्लव देवले अमित शाह भाजपाका अध्यक्ष छँदा बनाएको आत्मनिर्भर दक्षिण एसिया पहलको सन्दर्भ लिँदै उक्त बयान दिएका थिए । विप्लवका अनुसार, भाजपाका पूर्वोत्तर क्षेत्र सचिव अजय जायसवालले शाहलाई देशभरि भाजपा फैलाएको भन्दै प्रशंसा गर्दा शाहले भनेका थिए, ‘हामीले नेपाल र श्रीलंकामा पनि पार्टीलाई विस्तार गर्नुपर्छ र सरकार बनाउनेगरी चुनाव जित्नुपर्छ ।’

यसले विवाद निम्त्याएपछि आरएसएसका पूर्वोत्तर प्रमुख उल्हास कुलकर्णीका साथै त्रिपुरामा संघका प्रमुख निखिल निवासकरले विल्पव देवको कठोर आलोचना गरेको बुझिएको छ । 

शाहले बंगलादेशीहरूलाई धमिरा भनी गरेको अपमानजनक टिप्पणीका कारण भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको जस्तो दुर्भाग्य नदोहोरियोस् भनी आरएसएसले कदम उठाएको हो । 

पछि प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा हस्तक्षेप गर्दै विदेशसचिव हर्षवर्धन शृंगलालाई ढाका पठाएर कूटनीतिक रूपमा माफी माग्न लगाए । 

नेपालले विप्लव देवको टिप्पणीको विरोधपत्र भारतलाई पठायो अनि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले त्यहाँको विदेश मन्त्रालयसमक्ष नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका विषयमा गुनासो गरे । 

उता श्रीलंकाको निर्वाचन आगोगका अध्यक्ष निमाल पुन्चिहेवाले विदेशी राजनीतिक दल जतिसुकै बलियो भए पनि श्रीलंकामा कार्यालय राख्न नपाउने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्