२२ असार २०८३, सोमबार

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा मरासिनी नियुक्त

फागुन १२, २०७७
नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा मरासिनी नियुक्त

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त भएका छन् । 

अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका मरासिनीलाई मंगलवार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष बनाएको हो । 

नवनियुक्त अध्यक्ष मरासिनीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री लगायतको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्