०४ साउन २०८३, सोमबार

प्रधानमन्त्रीको राजीनामाबारे सोधिएको प्रश्नमा मन्त्री ज्ञवालीले दिए यस्तो जवाफ

फागुन १२, २०७७
प्रधानमन्त्रीको राजीनामाबारे सोधिएको प्रश्नमा मन्त्री ज्ञवालीले दिए यस्तो जवाफ
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परामर्शपछि राजीनामा गर्ने कि नगर्ने भन्ने निर्णय लिने नेकपा ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बसेको ओली पक्षको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ भनेर दलहरूले भनेका छन्, के उहाँले राजीनामा गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने– 'हामी दलहरूसँग छलफलमा छौं । उहाँहरूको कुरा पनि सुनेका छौं । मुलुकलाई राजनीतिक अन्योलमा राख्नुहुँदैन भन्ने हाम्रो कुरा हो । प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुन्छ, त्यो गर्नुहुन्छ, आवश्यक परामर्शपछि ।'

बैठकले सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको ज्ञवालीले बताए ।

उनले थपे, 'अहिले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने, सम्मान गर्ने हिसाबले अगाडि बढ्छौं । छिट्टै पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउँछौं ।'

salt training

कमेन्ट गर्नुहोस्