२३ असार २०८३, मंगलबार

पार्टी नफुटाइ कम्युनिस्टकै नेतृत्वमा प्रधानमन्त्री बनाउनेतर्फ अग्रसर हुनुपर्छ : शान्ता चौधरी

फागुन १२, २०७७
पार्टी नफुटाइ कम्युनिस्टकै नेतृत्वमा प्रधानमन्त्री बनाउनेतर्फ अग्रसर हुनुपर्छ : शान्ता चौधरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेत्री शान्ता चौधरीले पार्टी नफुटाइ कम्युनिस्टकै नेतृत्वमा प्रधानमन्त्री बनाउने कुरामा अग्रसर गर्नुपर्नेमा जोड दिएकी छन् । 

बुधवार ट्वीटरमा एक ट्वीट गर्दै उनले आफ्नै पार्टी फुटाएर आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउनुभन्दा पार्टी नफुटाइ कम्युनिस्टकै नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएकी हुन् । 

उनले अब त सबै नेताको बुद्धि फर्के हुने भन्दै यस्तो बताएकी हुन् । 

उनले भनेकी छन्,‘आफ्नै पार्टी फुटाएर आफ्नो पार्टिको सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउनु भन्दा पार्टी नफुटाइ कम्युनिष्ट कै प्रधानमन्त्री बनाउने कुरामा लाग्दा हुन्थ्यो। अब त सबै नेताको बुद्दी फर्के हुने !'

यस्तो छ उनको ट्वीट

salt training

कमेन्ट गर्नुहोस्