०३ असार २०८३, बुधबार

अस्ट्रेलियाले बनायो कानून, तिर्नैैपर्ने भयो फेसबूक र गूगलले मिडियालाई पैसा

फागुन १३, २०७७
अस्ट्रेलियाले बनायो कानून, तिर्नैैपर्ने भयो फेसबूक र गूगलले मिडियालाई पैसा

अस्ट्रेलियाले संसारकै पहिलो कानून बनाएर गूगल र फेसबूकलाई समाचार सामग्री राखेकोमा मिडिया कम्पनीलाई पैसा दिन लगाएको छ । 

यी दुवै ठूला प्रविधि कम्पनीले अस्ट्रेलियाका ठूला मिडियासँग लाखौं डलर बराबरको सम्झौता गरिसकेका छन् र थप सम्झौता पनि भइरहेका छन् । 

बिहीवार विधेयक पारित भएको हो । त्यसका लागि विपक्षी दलले समेत मतदान गरेको थियो । यसअघि कानूनको विरोध गर्दै फेसबूकले अस्ट्रेलियामा समाचार सामग्री ब्लक गरेपछि सरकारले अन्तिम समयमा केही संशोधन गरेको थियो । 

संशोधित विधेयकले प्रविधि कम्पनीहरूलाई समाचार उत्पादकहरूसँग सम्झौता गर्ने थप समय दिएको छ र उनीहरूले पर्याप्त मात्रामा नगद दिएर पत्रकारितामा उल्लेख्य योगदान गरेमा नियममा बस्नु पनि पर्दैन भनी छुट दिएको छ । 

संशोधनपछि फेसबूकले न्युज पेजहरूमाथिको ब्लक हटाएको थियो । 
 

फेसबूकका सीईओ मार्क जकरबर्गले गरेको थिचोमिचोलाई अस्ट्रेलिया सरकारले लुसुक्क सहेको भनी आलोचकले बताए पनि कानूनमा संशोधन गरी फेसबूकका भ्रम निवारण गरेको एक सरकारी अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्