×

NMB BANK
NIC ASIA

विघटनले रोकिएको तलब एकैपटक खातामा

प्रतिनिधि सभा पुन:स्थापना– सांसद र पिएको खातामा एकैपटक जाने भयो ३ महिनाको तलब

फागुन १३, २०७७

NTC
Premier Steels

प्रतिनिधि सभा पुन:स्थापना भएपछि सांसद र पिएले ३ महिनाको तलब एकैपटक पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरेको जनाएको छ । 

Muktinath Bank

फागुन २५ गते अगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयका प्रमुख लेखा अधिकृत वसन्त सिग्देलले लोकान्तरलाई जानकारी दिए । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सांसदहरूको तलब भत्ता रोकिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी कर्मचारीसरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन छ । मंसिर महिनाको पूरै तलब बुझेपनि सांसदहरूले विघटनअघि पुसको ५ दिनको तलब समेत पाएका थिएनन् ।


Advertisment
Nabil box
Kumari

प्रमुख लेखा नियन्त्रक सिग्देलका अनुसार मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको थियो । २७५ सांसद रहने प्रतिनिधि सभामा हाल २७४ सांसद बहाल छन् । ती मध्ये ४ जना निलम्बनमा छन् । मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् । 

Vianet communication

प्रतिनिधि सभाका सांसदका पिएका लागि मंसिर महिनामा १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो ।

सांसदका पिएले अधिकृत स्केलको तलब बुझ्ने गर्छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटन असंवैधानिक भनेपछि काम नभएपनि सांसदहरूले पूरै महिनाको तलब पाउने छन् ।

संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यका लागि सचिवालयले प्रत्येक महिना ४८ लाख ८ हजार रुपैयाँ पठाउँदै आएको छ । ५९ सदस्य रहेको राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा मन्त्री छन् । 

राष्ट्रिय सभाका सांसदका पिएको लागि २८ लाख ४२ हजार प्रति महिना खर्च हुने गरेको छ । 

प्रतिनिधि सभा विघटन भएपनि राष्ट्रिय सभाका सांसद र पिएले भने पुस र माघ महिनाको तलब लिइसकेका छन् ।

वामदेव गौतमको खातामा पुगेन तलब !

राष्ट्रिय सभा सदस्य वामदेव गौतम सांसद बनेको ५ महिनासम्म खातामा पैसा गएको छैन । प्रमुख लेखा नियन्त्रक सिग्देलले गौतमको खातामा पैसा जान नसकेको जानकारी दिए ।

गौतम असोज १ गते राष्ट्रिय सभाको सदस्य मनोनित भएर सोही दिन शपथ लिएका थिए ।

खातासम्बन्धी प्राविधिक कारणले गौतमको खातामा पारिश्रमिकको रकम जान नसकेको सिग्देलले लोकान्तरलाई जानकारी दिए । 

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य बनेका मोहन पाण्डेको खातामा जम्मा २२ दिनको पारिश्रमिक ४९ हजार २० र भत्ता गरी कुल ५६ हजार ९ सय ८३ मात्र गएको थियो ।

सूर्यबहादुर केसीको निधन पछि मंसिर ८ गते पाण्डे सांसद बनेको १ महिना बित्न नपाउँदै प्रतिनिधि सभा विघटन भएको थियो । 

बैठक भत्ताबाहेक सांसदहरूले प्रतिमहिना ६४ हजार ७० रुपैयाँ पाउने गरेका छन् ।

संसदको बैठक बसेको दिनमा बैठक भत्ता र ट्याक्सी भाडा तथा संसदीय समितिको बैठक बसेको दिनमा भत्ता पाउने व्यवस्था सांसद तथा पदाधिकारीको सेवा सुविधासन्बन्धी ऐनमा गरिएको छ । 

प्रतिनिधि सभा पुन:स्थापना भएपछि संसदीय समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउने छन् । संसद् अधिवेशनमा आउँदा सांसदहरूले जहाजको टिकटको रकम पनि पाउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x