भारत र पाकिस्तानले बिहीवार एक संयुक्त बयान जारी गर्दै नियन्त्रण रेखा (एलओसी) तथा अन्य सेक्टरमा युद्धविरामका सबै सहमति कठोरतापूर्वक पालन गर्ने सहमति गरेका छन् ।
युद्धविरामको निर्णय बुधवार मध्यरातबाट लागू भएको छ । भारत र पाकिस्तानका डिरेक्टर जनरल्स अफ मिलिटरी अपरेसन्सको बैठकले निर्णय गरेको हो ।
उनीहरूले हटलाइन कन्ट्याक्टको संयन्त्रका विषयमा कुराकानी गरे र नियन्त्रण रेखाको परिस्थितिको समीक्षा पनि गरे ।
‘सीमामा पारस्परिक हित तथा दिगो शान्ति प्राप्त गर्नका लागि दुई डीजीएमओले एकअर्काको केन्द्रीय चासो र चिन्ता सम्बोधन गर्न सहमति जनाएका छन्,’ संयुक्त वक्तव्यमा लेखिएको छ ।
कुनै अकल्पनीय परिस्थिति वा असमझदारी भएमा त्यसलाई समाधान गर्न हटलाइन कन्ट्याक्ट र बोर्डर फ्ल्याग मीटिङ गर्ने पनि दुवै पक्षले कुरा दोहोर्याए ।