३१ असार २०८३, बुधबार

कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छः विमलेन्द्र निधि

फागुन १३, २०७७
कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छः विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन्।  कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा आज उनले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसद्मा भूमिका खेल्ने बताए ।

    “अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ”, उनले भने । उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए ।

salt training

कमेन्ट गर्नुहोस्