
काठमाडौं , ७ जेठ — इंग्लिश प्रिमियर लीगको यस सीजनको अन्तिम दिनका खेलहरूले युरोपेली च्याम्यिन्स लीगमा खेल्न योग्य दुई अन्तिम टीमको टुंगो लगाउनेछन् ।

म्यानचेस्टर सिटी, लिभरपूल र आर्सनल उक्त दुई स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् । चेल्सी र टोटनह्याम हट्स्पर यसअघि नै सेलेक्ट भइसकेका छन् । अझ, चेल्सीले त प्रिमियर लीग जितिसकेको छ ।
प्रिमियर लीगका शीर्ष चार टोली च्याम्पियन्स लीगमा स्वतः छनोट हुन्छन् ।
आज वाटफोर्डलाई हराएर म्यानचेस्टर सिटीले लीगमा तेस्रो स्थान अनि च्याम्पियन्स लीगमा स्थान पक्का गर्ने मौका पाएको छ । लिभरपूल भने मिडल्सब्रोलाई हराएर कम्तीमा चौथो स्थान कब्जा गर्ने सोचमा हुनेछ ।
तर आर्सनलले घरेलु मैदानमा एभरटनलाई हराएमा अनि लिभरपूल र म्यानचेस्टर सिटीले आआफ्नो खेल हारेमा शीर्ष चारमा स्थान पक्का गर्न सकिने आशा पालेर बसेको छ ।
बीबीसीबाट