२८ जेठ २०८३, बिहीबार

ओलीले नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए, विशाल भट्टराई नियुक्त

फागुन १४, २०७७
ओलीले नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए, विशाल भट्टराई नियुक्त

प्रधानमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा सांसद विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

यसअघि प्रमुख सचेतक रहेका देव गुरुङलाई बर्खास्त गरेर ओलीले भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

'संसदीय दलको नेताले स्वविवेकीय अधिकार प्रयोग गरेर मलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो,' भट्टराईले लोकान्तरसँग भने ।

केही बेरअघि ओलीले भट्टराईलाई बोलाएर प्रमुख सचेतकमा नियुक्त गरिएको भन्दै पत्र थमाएका हुन् ।

भट्टराईले भने, 'संसदीय दलको नेताले प्रमुख सचेतक छान्ने हाम्रो दलको नियमावली छ, त्यही नियमावलीमा भएको अधिकार प्रयोग गर्नुभएको हो । मलाई नियुक्तिको पत्र दिनुभएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्