२६ असार २०८३, शुक्रबार

कांग्रेश नेता जोशीको उपचार जारी

फागुन १४, २०७७
कांग्रेश नेता जोशीको उपचार जारी

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

मस्तिस्कघात भएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार जारी छ । 

जोशीको टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो ।

शुक्रवार दिउँसो सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. झाले उनको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिएका छन् । उनले सञ्चारकर्मीसँग भने,‘अवस्था स्थिर हो भन्न सकिँदैन । भेन्टिलेटरमा राखिएको छ । हामी अझै आशावादी छौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्