
जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे । एरिक म्याक्सिमको नाममा एक गोल गरेका थिए ।
जितसँगै बायर्नले २३ खेलमा ५२ अंक जोडेको छ ।
कोल्न २१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।