१२ असार २०८३, शुक्रबार

जलवायु परिवर्तनको सवालमा नजिकिए चीन र अमेरिका

फागुन १६, २०७७
जलवायु परिवर्तनको सवालमा नजिकिए चीन र अमेरिका

अमेरिका र चीनले जलवायु परिवर्तन जस्तो गम्भीर मुद्दामा मिलेर काम गर्ने संकेत दिएका छन् । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले यसको पुष्टि गर्दै जलवायु परिवर्तनमा काम गर्नका लागि चीनका विशेषदूत श्ये चनह्वाले अमेरिकाका विशेषदूत जोन केरीसँग सल्लाह लिन थालेको बताए । 

दुवै देशले पेरिस सम्झौतालाई कठोरताका साथ लागू गर्नमा ध्यान दिने बताएका छन् । 

तर अहिले अमेरिका र चीनबीचको सम्बन्ध सबभन्दा खराब स्तरमा छ । व्यापारयुद्ध, कोरोनाभाइरसको उत्पत्ति, मानवअधिकार लगायतका अनेकौं विषयमा दुवैमा विवाद छ । 

अन्य विषयमा दुई देशबीच कुनै सम्झौतथा नहुने भए पनि जलवायु परिवर्तनमा चाहिँ दुवैको मतैक्य देखिएको छ । जोन केरीले जलवायु परिवर्तनको विषय निकै ठूलो भएको बताउँदै आएका छन् । 

संसारका सबभन्दा ठूला प्रदूषकहरू चीन र अमेरिका नै हुन् । विश्वको ३० प्रतिशत कार्बन उत्सर्जन चीनले अनि १५ प्रतिशत अमेरिकाले गर्ने गरेको छ । युरोपेली संघलाई त्यसमा जोड्ने हो भने लगभग ५५ प्रतिशत हुन आउँछ । 


 

salt training

कमेन्ट गर्नुहोस्