
बर्दिया ७ जेठ–पहिलो चरणको स्थानीय तह निर्वाचनमा पराजत व्यहोरे पनि नयाँ शक्तिले दोस्रो चरणको निर्वाचनको तयारी व्यापक बनाएको छ ।
संयोजक डा बाबुराम भट्टराई लगायतका नेताहरु दोस्रो चरणको चुनाव प्रचारलका लागि देश दौडाहामा निस्केका छन् । आइतवार दाङको तुल्सिपुरमा कार्यक्रम गरेर नयाँ शक्तिका नेताहरु बर्दियाको बाँसगढी पुगेका छन् ।
बर्दियाको तोरैयाँ गाउँमा आयोजित चुनावी सभालाई भट्टराई लगायतका नेताहरुले सम्बोधन गरेका छन् । सभामा विभिन्न दलका कायर्यकर्ता पार्टी परित्याग गरेर नयाँ शक्तिमा प्रवेश गरेका छन् ।