१३ असार २०८३, शनिबार

पश्चिम बंगालमा ममता पुनः सत्तारूढ हुने, असममा भाजपाको सरकार बन्ने पूर्वानुमान

फागुन १६, २०७७
पश्चिम बंगालमा ममता पुनः सत्तारूढ हुने, असममा भाजपाको सरकार बन्ने पूर्वानुमान

पश्चिम बंगाल समेत चार राज्य र एक केन्द्रशासित प्रदेशका लागि विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ । 

मे २ मा यी सबै राज्यको मतगणना गरिनेछ । 

चुनावको मिति घोषणा भएसँगै आचारसंहिता लागू भएको छ । राजनीतिक दल मतदाताहरूलाई लोभ्याउने प्रयास गर्न थालेका छन् ।
 

केन्द्रशासित प्रदेश पुडुचेरीमा गरिएको मतसर्वेक्षण्मा भाजपा नेतृत्वको एनडीएले ४६ प्रतिशत मत पाउने देखिएको छ भने कांग्रेस गठबन्धनले ३६ प्रतिशत पाउन सक्छ । सीटको आधारमा हेर्दा एनडीएले १७ देखि २१ अनि कांग्रेस गठबन्धनले ८ देखि १२ सीट पाउन सक्छ । 

केरल विधानसभाको कुरा गर्दा सीपीआई (एम) को नेतृत्वमा रहेको लेफ्ट डेमोक्रेटिक फ्रन्टले ८३ देखि ९१ सीत, कांग्रेसको नेतृत्वमा रहेको युनाइटेड डेमोक्रेटिक फ्रन्टले ४७ देखि ५५ सीट पाउने अनि भाजपाले ० देखि दुई सीट पाउने सम्भावना छ । 
 

तमिलनाडुमा एआईएडीएमके गठबन्धनले २९ प्रतिशत मत पाउन सक्छ भने डीएमके गठबन्धनले लगभग ४१ प्रतिशत मत पाउने देखिन्छ । अन्यले लगभग ३० प्रतिशत मत पाउन सक्छन् । 
 

सीटको कुरा गर्दा एआईएडीएमके गठबन्धनले ५८ देखि ६६ सीट पाउने देखिन्छ । डीएमके गठबन्धनले १५४ देखि १६२ सीटका साथ सरकार बनाउने अनुमान छ । अन्य दलले जम्मा आठ सीट पाउन सक्छन् । 

असममा गरिएको मतसर्वेक्षणमा भाजपा गठबन्धनले ४२ प्रतिशत अनि कांग्रेस गठबन्धनले ३१ प्रतिशत मत पाउन सक्छ । अन्यले २७ प्रतिशत भोट पाउन सक्छ । 

१२६ सदस्यीय विधानसभामा भाजपा गठबन्धनले ६८ देखि ७६ सीट अनि कांग्रेस गठबन्धनले ४३ देखि ५१ सीट पाउन सक्ने देखिएको छ । 

सबैको नजर परेको पश्चिम बंगालमा सीटको कुरा गर्दा ममता बनर्जीको नेतृत्वमा रहेको तृणमूल कांग्रेस पुनः एकपटक सत्तामा फर्किने देखिन्छ । टीएमसीले १४८ देखि १६४ अनि भाजपाले ९२ देखि १०८ सीट जित्ने अनुमान गरिएको छ । कांग्रेस र वाम गठबन्धनले ३१ देखि ३९ सीट जित्न सक्छ । 

बंगालको कुल २९४ विधानसभा सीटमा मत प्रतिशत हेर्दा टीएमसीले ४३ प्रतिशत अजि भाजपाले ३८ प्रतिशत भोट ल्याउन सक्छ । कांग्रेस लेफ्ट गठबन्धनले जम्मा १३ प्रतिशत मत पाउन सक्छ । 

salt training

कमेन्ट गर्नुहोस्