०४ असार २०८३, बिहीबार

स्वयंसेविकालाई आँखा रोगबारे प्रशिक्षण

फागुन १६, २०७७
स्वयंसेविकालाई आँखा रोगबारे प्रशिक्षण

आँखामा लाग्ने रोगका विषयमा सचेतना जगाउने ध्येयले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिइएको छ । 

नमोबुद्ध नगरपालिका र  रेयुकाइ एईको मासुनागा आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित  तालीमको शुभारम्भ गर्दै नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकालाई मोतियाविन्दु मुक्त नगर बनाउने  अभियान सञ्चालनमा रहेको जानकारी दिए ।

उनले नगरपालिकाले उपलब्ध गराएको मोबाइल फोन प्रयोग गरेर गाउँघरमा भएका स्वास्थ्य समस्याबारे सूचना उपलब्ध गराउन स्वयंसेविकालाई आग्रह गरे। 
    
    नगरपालिकाले रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरी आँखा शिविर सञ्चालन गरिरहेको छ । आँखा अस्पतालका सचिव धर्मभक्त प्रधानले कोही पनि अन्धोपनको शिकार बन्न नपरोस् भन्ने उद्देश्यले अस्पताल स्थापना गरिएको बताए ।  

कार्यक्रममा प्रमुख प्रशिक्षक विमल पौडेलले सामान्य लापर्वाहीले पनि अन्धोपनको समस्या देखिने उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्नका लागि तालीम आयोजना गरिएको बताए । ​

तालिममा नगरपालिकाका विभिन्न वडाका  ३६  महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्