०२ असार २०८३, मंगलबार

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा पक्राउ

फागुन १६, २०७७
साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा पक्राउ

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा कपिलबस्तु वाणगंगा नगरपालिका-२ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले नक्कली फेसबुक पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटी काठमाडौंबाट प्रहरीले कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने नियतका साथ प्रहरीको छविलाई  वदनाम गर्ने र संगठन प्रति आस्थावान आम नागरिकहरुलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरी विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्