
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला लगत्तै प्रचण्ड र माधव नेपालले लड्डु खाँदै अविरजात्रा गरेको भन्दै कटाक्ष गरेका छन् । उनले चितवनबाट उनीहरु हतारिएर फर्किएको र विमानस्थलमा ओर्लिए सँगै दक्षिण तिर जानुपर्ने नेताहरु उत्तरतिर देउवालाई भेट्न पुगेको बताए ।
आइतबार राति एक टेलिभिजन एक अन्तरवार्तामा भने, ‘चितवनबाट दौडिएर हवाइजहाजबाट विमानस्थलमा ओलिएनेबित्तिकै घर छ दक्षिणतिर उत्तरतिर लाग्छन् । सुरक्षा निकाय पनि छक्क पर्छन् । मान्छेहरुले सोचे होला सुतिरहेका बूढानीलकण्ठको पाउमा गए होला तर बसिराखेको बूढानीलकण्ठमा रैछ । तथास्तु भनिदिनु पर्यो प्रभु । प्रधानमन्त्री पद लिनुपर्यो प्रभु । अविरजात्रा गरिसकियो प्रभु । यस्तो बेलामा प्रधानमन्त्री खाइदिनुपर्यो प्रभु रे । उहाँले पख्नुस् म साथीहरुसँग सल्लाह गर्नु भन्नु भयो ।’
उनले आफूले संसदको फेस गर्ने भन्दै कुनै हालतमा राजीनामा नदिने बताए ।