
काठमाडौं, ७ जेठ - सरकारले टिकापुर घटनाका आरोपितहरुको मुद्दा फिर्ता लिने निर्णय गरेका सूचनाहरु बाहिर आएसँगै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता कपिलदेव ढकाल, द्धारिकानाथ ढुंगेल र जगदिशचन्द्र बरालले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरुले उत्प्रेषण, प्रतिषेधको रिट दर्ता गराएका हुन् । सर्वोच्चले भोलि ८ बजेको लागि उक्त रिटको पेशी तोकेको छ ।