०८ असार २०८३, सोमबार

आगामी वर्ष ३ दशैं

फागुन १७, २०७७
आगामी वर्ष ३ दशैं

विक्रम संवत् २०७८ मा ३ दशैं परेका छन् ।

यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दशैं परेको छ । वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

यसैगरी विक्रम संवत् २०७८ चैत २६ गते शनिवार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको छ । 

बडादशैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैं आगामी वर्ष असोज २१ गते बिहीवार घटस्थापना गरेर शुरू हुने भएको छ । 

असोज २७ गते बुधवार महाअष्टमी, असोज २८ गते बिहीवार महानवमी र असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरू भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलवारदेखि शुरू हुनेछ ।

दशैं र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीवार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
 
चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैंलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा ४ नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैंलाई नेपालीले महत्त्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
 
वर्षमा ४ पटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन ।

यस वर्ष विक्रम संवत् २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विक्रम संवत् २०७८ मा ३ वटा दशैं परेका उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्