०२ असार २०८३, मंगलबार

अवैध भारतीय नोटसहित १ जना पक्राउ

फागुन १७, २०७७
अवैध भारतीय नोटसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरी टोलीले २ लाख ५० हजार अवैध भारतीय नोटसहित सिरहाबाट सोमवार १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सहरसा ग्राम किसनपुर पञ्चायत–२ निवासी ६० वर्षीय चतुरी यादव रहेका प्रहरीले जनाएको छ ।

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई २ हजार दरका ३ थान र ५०० दरको ४८८ थान गरी २ लाख ५० हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाइएको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्