१९ असार २०८३, शुक्रबार

'विष आक्रमण'बारे छानबिन गर्न आग्रह

फागुन १७, २०७७
'विष आक्रमण'बारे छानबिन गर्न आग्रह

संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका आलोचक अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनी आएका समाचारबारे अन्तर्राष्ट्रिय अनुसन्धानको सोमबार आग्रह गरेका छन् ।

नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २०० किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो । उनलाई रूसी अदालतले २.५ वर्ष जेल सजाय तोकेको छ ।

विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने धारणा दोहोराएका हुन् ।

संयुक्त राष्ट्र सङ्घका अतिरिक्त न्यायिक निकाय, तथा मृत्युदण्डसम्बन्धी शीर्ष विज्ञ एग्नेस कालामार्ड र अभिव्यक्ति स्वतन्त्रता विशेषज्ञ इरेन खानले उक्त आह्वान गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्