०९ साउन २०८३, शनिबार

ताप्लेजुङको दोभानमा ३ घण्टादेखि आगलागी, नियन्त्रणमा लिन हम्मेहम्मे

फागुन १८, २०७७
ताप्लेजुङको दोभानमा ३ घण्टादेखि आगलागी, नियन्त्रणमा लिन हम्मेहम्मे
फाइल फोटो

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार दोभान बजारमा बाक्लो बस्ती भएकाले आगो नियन्त्रणमा आइसकेको छैन् ।  

अहिले प्रहरीले स्काभेटरबाट अन्य घरहरू आगलागीबाट जोगाउनको लागि भत्काइरहेको छ । अग्नि नियन्त्रक यन्त्रबाट पानी बोकेर निभाउने काम भइरहेको प्रवक्ता पोखरेलले बताए । 

बिहान ८ बजेदेखि लागेको आगो के कारणले लागेको भन्ने पुष्टि भइसकेको छैन । बजारमा ग्यासका सिलिन्डरहरू पड्किरहेकाले आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्