१६ असार २०८३, मंगलबार

दोभान बजारको भीषण आगलागी रोक्न ‘अग्नि नियन्त्रण रेखा’ कोरिँदै

फागुन १८, २०७७
दोभान बजारको भीषण आगलागी रोक्न ‘अग्नि नियन्त्रण रेखा’ कोरिँदै

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।

मंगलवार बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीय गणेश कार्कीले बताए ।

दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्नि नियन्त्रण रेखा कोर्ने काम गर्दैछौं ।’ 

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, ‘म पनि आगलागी क्षेत्रमा जाँदैछु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।’

सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्