
स्थानीय बजारमा मंगलवार पहेंलो धातु सुनको मूल्यमा उच्च अंकको गिरावट देखिएको छ ।
अस्थिर रहेको सुनचाँदीको बजारमा मंगलवार तोलामा नै सुन १ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन तोलामा ८७ हजार रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सोमवार छापावाल सुन तोलामा ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सोमवार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी मंगलवार तोलामा ४० रुपैयाँले घटेको छ । सोमवार १ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार भने तोलामा १ हजार २९० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।