१९ असार २०८३, शुक्रबार

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री बादलको संयोजकत्वमा वार्ता टोली गठन

फागुन १८, २०७७
विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री बादलको संयोजकत्वमा वार्ता टोली गठन

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको जानकारी गराएका हुन् ।

मन्त्री गुरुङले विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने र सरकारसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे ।

विप्लव समूहले पनि मंगलवार नै वार्ता टोली घोषणा गर्ने सम्भावना छ । विप्लव समूहले प्रवक्ता खगडबहादुर विकको संयोजकत्वमा वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्