१७ असार २०८३, बुधबार
सरकार - विप्लव समूह वार्ताको तयारी

प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

फागुन १८, २०७७
प्रकाण्डको नेतृत्वमा विप्लव समूहले बनायो वार्ता टोली

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँगको वार्ताका लागि प्रवक्ता समेत रहेका पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । 

विप्लव समूहले विश्वकर्माको नेतृत्वमा उदय चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरेको नेकपा स्रोतले बतायो ।

मंगलवारै विज्ञप्ति प्रकाशित गरेर वार्ता टोलीको घोषणा गर्ने तयारी रहेको पार्टीका एक नेताले लोकान्तरलाई जानकारी दिए । 

मंगलवार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । 

सरकारी वार्ता टोली सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विप्लव समूहसँग छिट्टै वार्ता प्रक्रिया शुरू हुने विश्वास व्यक्त गरेका थिए । 

हिंसात्मक तथा विस्फोटक क्रियाकलापमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको थियो । गत फागुन ८ गते विज्ञप्ति प्रकाशित गरी विप्लवले सरकारसँग वार्ता र संवादका लागि तयार रहेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्