२२ असार २०८३, सोमबार

चीनमा सन् २०२० मा थपिए २५९ अर्बपति

फागुन १८, २०७७
चीनमा सन् २०२० मा थपिए २५९ अर्बपति

कोभिड महामारीलाई छिटो व्यवस्थापन गरेर चीनले सन् २०२० मा थप २५९ जना अर्बपति जन्माएको छ । 
 

हुरुन ग्लोबल रिच लिस्टमा देखिएअनुसार, २५९ चिनियाँहरू सन् २०२० मा अर्बपतिको क्लबमा समावेश भएका छन् । यससँगै देशमा १ हजार ५८ अर्बपतिहरू पुगेका छन् जुन आफैंमा कीर्तिमान हो । 

अमेरिकाले यसै अवधिमा ७० नयाँ अर्बपति जन्माएको छ र उसको कुल अर्बपतिको संख्या ६९६ छ । 

सन् २०२० मा अर्थतन्त्रमा वृद्धि हुने प्रमुख मुलुक चीन मात्र थियो । उसको कुल गार्हस्थ्य उत्पादन २.३ प्रतिशतले बढेको छ । 

यस वृद्धिका कारण नयाँ अर्बपतिहरू जन्मिएका हुन् । चीनका सबभन्दा धनी अर्बपति चोङ शानशान हुन् । नोङ्फु पानी बोतल कम्पनीका मालिक चोङसँग ८५ अर्ब डलर बराबरको सम्पत्ति छ । 
 

अलीबाबा कम्पनीका मालिक ज्याक मा चाहिँ चिनियाँ नेताहरूलाई चिढ्याएपछि सम्पत्ति गुमाउन पुगेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्