०५ साउन २०८३, मंगलबार

दोभान बजारमा आगलागी भएपछि राष्ट्रपति भण्डारी दुःखी

फागुन १८, २०७७
दोभान बजारमा आगलागी भएपछि राष्ट्रपति भण्डारी दुःखी

ताप्लेजुङ जिल्लाको दोभान बजारमा आगलागी भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी दुःखी भएकी छन् ।

मंगलवार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै राष्ट्रपति भण्डारीले आगलागी प्रभावितको राहत र पुनःस्थापनाको लागि ध्यानाकर्षण गराएकी छन् ।

उनले लेखेकी छन्, ‘ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट चार दर्जनभन्दा बढी घरसहित ठूलो मात्रामा धनमालको क्षति भएको खबरले मलाई दुःखी तुल्याएको छ । आगलागी प्रभावितहरूका लागि यथाशीघ्र राहत तथा पुनःस्थापनाको पहल गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्दछु । हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिम न्युनीकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचना विकास गर्नुपर्ने खाँचो महसूस गरेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्