२८ असार २०८३, आइतबार

अस्ट्रेलियाकी 'गेमर गर्ल' जसले घरमै बसेर करोडौं कमाउँछिन्

फागुन १८, २०७७
अस्ट्रेलियाकी 'गेमर गर्ल' जसले घरमै बसेर करोडौं कमाउँछिन्

सायद कसैले यति आरामसाथ करोडौं कमाइ गर्ने कल्पना पनि गर्न सक्दैन । तर, अस्ट्रेलियाकी यी ‘गेमर गर्ल’ आफ्नो घरको सोफामा बसेरै करोडौँ कमाउँछिन् । आखिर यिनको काम के होला भनेर सोच्दै हुनुहुन्छ होला । जानिहाल्नुहोस्, उनको काम भिडियो गेम खेल्ने हो ।

हो, एक घण्टा भिडियो गेम खेलेबापत उनले राम्रो कमाइ गर्छिन् । लाखौँ व्यक्ति उनको खेलको लाइभ भिडियो हेर्छन् । भिडियो लाइभ स्ट्रिमिङमार्फत् क्याथलिन चेल्सिया नामकी यी युवतीले डलरमा कमाइ गर्छिन् । उनी विश्वमा एक्समिन्क्सको नामले चिनिन्छिन् । 

मान्छेहरू लाइभ भिडियोमा उनले खेलेको हेर्छन् । यो समयमा उनीसँग गफ पनि गर्छन् । चेल्सियाका साढे तीन लाखभन्दा बढी सब्स्क्राइबर छन् । उनले फार्मेसीमा डिग्री गरेकी छिन् । तर, लाइभ स्ट्रिमिङमै धेरै कमाएपछि उनले आफ्नो पढाइतिरको पाटोबाट हुने कमाइमा चासो नै दिएकी छैनन् ।

तर, चेल्सियालाई यो काम सहज भने छैन । गेम हेर्ने व्यक्तिहरू उनको मजाक पनि उडाउँछन् । ‘केही पुरुष दर्शकले निकै तनाव दिन्छन्,’ उनले भनेकी छिन्, ‘कतिपयले अश्लील शब्दमा निकै नराम्रो गाली पनि गर्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्