०३ असार २०८३, बुधबार

गोंगबु हत्याकाण्डः आजीवन जेल बस्ने भइन् कल्पना मुडभरी

फागुन २०, २०७७
गोंगबु हत्याकाण्डः आजीवन जेल बस्ने भइन् कल्पना मुडभरी

काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डमा कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला गरेको छ । गत साउन २५ मा काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहरा हत्याकाण्डमा संलग्न मुडभरीलाई हत्याको सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले हत्या गरेको ठहर गर्दै मुडभरीलाई जीवनभरको कारावास रहने ठहर गरेको हो ।
बोहराको हत्यापछि गत साउनमै मुडभरी र उनकी छोरीलाई समेत पक्राउ गरेको थियो । अदालतले छोरीलाई भने सफाइ दिएको नागरिक दैनिकमा खबर छ । बोहराको शव टाउको र खुट्टा काटिएको अवस्थामा सडकमा फेला परेको थियो । नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्