
पछिल्लो २४ घण्टामा देशभर थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ७० हजार ६८३ संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ७८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७९५ रहेको मन्त्रालयले जनाएको छ ।
बिहीवार कोरोनाले मृत्यु हुनेको संख्या थप भएन । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार १० जना रहेको मन्त्रालयले जनाएको छ ।