मुलुकको जिडिपी ४० खर्ब नजिक

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ।

राष्ट्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार आव ०७६/७७ मा आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो। करिब २० वर्षअघि माओवादी द्वन्द्वका बेलामा पनि एक वर्ष आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो।


Advertisement

विभागका अनुसार गत आवमा तेस्रो त्रैमासिकसम्म आउँदा मुलुकको अर्थतन्त्र राम्रो थियो। त्यसपछि सुरु भएको कोभिड समस्याले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेपछि आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो।

कोभिड १९ का कारण सरकारले चैत ११ देखि तीन महिनासम्म लकडाउन गरेको थियो। यसबेला आर्थिक क्रियाकलाप पूर्ण रूपमा ठप्प भएका थिए। सरकारले गत आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो। कोभिड–१९ प्रकोप देखापरेपछि लक्ष्य संशोधन गर्दै आर्थिक वृद्धि २.२७ प्रतिशतमा खुम्चिने अनुमान गरेको थियो।
गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक भए पनि मुलुकको कुल गाहस्र्थ उत्पादन (जिडिपी) भने बढेको छ। गत वर्ष मुलुकको जिडिपी ३९ खर्ब ४३ अर्ब रूपैयाँको भएको छ। विभागले जिडिपी गणनाको आधार वर्षलाई परिवर्तन गरेका कारण जिडिपी बढेको देखिएको हो। नागरिक दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्