२६ असार २०८३, शुक्रबार

हिंसा र पृथकतावादी राजनीतिमाथि स्वदेशी चिन्तनधाराको सामर्थ्यमा प्रधानमन्त्री ओलीको जीत : बाँस्कोटा

फागुन २१, २०७७
हिंसा र पृथकतावादी राजनीतिमाथि स्वदेशी चिन्तनधाराको सामर्थ्यमा प्रधानमन्त्री ओलीको जीत : बाँस्कोटा

पूर्व मन्त्री तथा नेकपा ओली पक्षका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र पृथकतावादी राजनीतिमाथि स्वदेशी चिन्तनधाराको सामर्थ्यमा जीत निकालेको बताएका छन् ।

शुक्रवार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो जीत इतिहासमा विरलै देखिने घटनाक्रममध्येको एक सुखद् घटना भएको बताए । 

बास्कोटाले ओलीको यस कदमप्रति शंका गर्नेहरू कुण्ठाग्रस्त राजनीति र विदेशी सौजन्यको पर्खाइमा रहेका पात्र भएको टिप्पणी गरेका छन् । 

उनले भनेका छन्,'हिंसा र पृथकतावादी राजनीतिमाथि प्रधानमन्त्री ओलीले स्वदेशी चिन्तनधाराकाे सामार्थ्यमा निकालेकाे जीत इतिहासमा विरलै देखिने घटनाक्रम मध्येकाे एक सुखद घटना हाे। त्यसमा पनि संशय प्रकट गर्नेहरु कुण्ठाग्रस्त राजनीति र शायद विदेशी साैजञ्यकाे पर्खाईमा रहेका पात्र बाहेक अरु काे हाेलान् त ?'

salt training

कमेन्ट गर्नुहोस्