×

NMB BANK
NIC ASIA

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ ।

Muktinath Bank

तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट शुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को सङ्ज्ञा दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई विसं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

हरेक वर्ष फागुन २१ का दिन सुखानीमा शहीदको प्रतिमामा माल्र्यापण गर्दै आएका कम्युनिष्ट नेताहरु शहीदको सपना पूरा गर्ने सङ्कल्पबाट च्युत हुने गरेको आरोप लाग्दै आएको छ । समाज बदल्न आन्दोलनमा हिँडेका नेता सत्ता सुख र सुविधामा अल्मलिएर आफैँ बदलिएको तीखो दोषारोपण हुने गरेको छ ।

Vianet communication
Laxmi Bank

झापा विद्रोहको गर्भबाट जन्मिएको तत्कालीन नेकपा (एमाले)बाट केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल गरी तीन प्रधानमन्त्री बनिसक। नेकपा (एमाले)बाटै मुलुकको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी बनेकी छन्।

विद्रोहका अगुवामध्येका ओली वर्तमान अवस्थामा प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष नै छन् । विद्रोहकालीन नेता सिपी मैनाली, राधाकृष्ण मैनाली र सीता खड्का मन्त्री भइसके भने नरेश खरेल, मनकुमार गौतम, सीता खड्का, गौरा प्रसाईँलगायत दर्जनौँले सांसद बन्ने मौका पाइसके।

तत्कालीन नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराईले समेत झापा विद्रोहलाई तत्कालीन १० वर्षे जनयुद्धको प्रेरणाको स्रोत भएको बताउने गरेका थिए । 

पञ्चायती एकदलीय शासनका बेला छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनमा नयाँ ऊर्जा भर्दै एकीकृत बनाउने श्रेय पाएको झापा विद्रोहका अगुवाहरु यतिबेला फेरि विभाजनको भुमरीबाट गुज्रिरहेका छन् । विसं २०७४ को आम चुनावमा दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेर सत्तामा पुगेको नेकपा विभाजनको ‘अहिले कि भरे’को अवस्थामा छ ।

जुटिसकेको नेकपा फेरि नेताहरुको वैयक्तिक महत्वाकाङ्क्षा र टक्करका कारण विभाजनको सङ्घारमा पुगेको ठहर गर्दै कम्युनिष्ट आन्दोलनमा लामो समय जेलनेल व्यहोरेका झापाली योद्धाहरु नेताहरुले शहीदको सपनाबाट अन्यत्र नमोडिन खबरदारी गर्छन् । “हामीले आन्दोलन गरेर राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्यौँ, तर नेताहरुमा भएको सामन्ती सोच, शैली र व्यवहार फाल्न सकेनौँ”, झापा विद्रोहमा लागेर १४ वर्ष कठोर कारावास भोगेका  नेकपा केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य नरेश खरेल भन्छन्, “शहीदको सपना नेताहरुलाई सत्तामा पुर्याउनु मात्र थिएन ।”

उनले झापा आन्दोलनको सपना मानिएको गणतन्त्रको स्थापना भइसके पनि मुलुकलाई समाजवादतिर नलगेसम्म शोषित पीडित समुदायले परिवर्तनको अनुभूति गर्न नसक्ने बताए । शहीदको बलिदान राजनीतिक व्यवस्थाको परिवर्तनका लागि मात्र नभएर गरिब जनताको हितमा समतामूलक शासन ल्याउन भएको बताउँदै झापा आन्दोलनका अगुवामध्येका नेता खरेल सुखानीका शहीदको अधुरा सपना पूरा गर्नेतर्फ डटेर लाग्न खबरदारी गर्छन्।

झापा विद्रोहबाट प्रभावित भई कम्युनिष्ट आन्दोलनमा लाग्दा विभिन्न समयमा जेलनेल भोग्नुभएका झापाली योद्धा भीम कुँवरले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा, सुशासनको पहल, सुखी नेपाली समृद्ध नेपाल अभियानको थालनी, विपन्नलाई निःशुल्क आवास र सामाजिक सुरक्षा भत्ताजस्ता थुपै्र सकारात्मक कार्य गरेको बताए ।

“अरु प्रधानमन्त्रीहरुले बोल्ने आँटसमेत नगरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि समेटेर चुच्चे नक्सा जारी गर्नु सामान्य उपलब्धि होइन”, झापाको चन्द्रगढीमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरी जीविका चलाउँदै आउनुभएका योद्धा कुँवर भन्छन्, “केपी ओलीबाट जनताले अरु थुपै्र राम्रा कामको आशा र भरोसा गरेका छन्, अहिले जति काम भए यतिले पर्याप्त हुँदैन ।”

सुशासन कायम गर्ने र मुलुकमा आर्थिक समृद्धिको लहर ल्याउने काम अधुरै रहेको जनाउँदै उनले अहिलेको परिवर्तन ल्याउन ज्यानको बाजी थापेका राजनीतिक योद्धाहरुको अवस्था कहालीलाग्दो रहेको गुनासो गर्नुभयो । 

प्रधानमन्त्री  ओलीसँगै १४ वर्ष जेल जीवन बिताएका अर्का सहयोद्धा एवं संविधानसभा सदस्य मनकुमार गौतम ‘साथीहरु आज हामीलाई मार्नका लागि जेल सारिँदैछ, क्रान्तिको अभिभारा पूरा गर्ने जिम्मा अब तपाईँहरूको भयो’ भन्दै ४८ वर्षअघि सुखानीका पाँच शहीदले चन्द्रगढी कारागारबाट सरुवा हुँदै गर्दा आफूहरुलाई भनेको कुरा सम्झिनुहुन्छ ।

कारागारबाट सार्ने कुरा आएपछि सुखानीका शहीदहरुले आफूलाई बलिदानका लागि तयार राखेको र सुखानीमा पुर्याएर गोली हानी हत्या गर्दा आफ्नो शरीर ढले पनि क्रान्ति र क्रान्तिका सपना नढल्ने भन्दै हाँसीहाँसी छाती थापेको उनले बताए । “क्रान्तिका लागि हाँसीहाँसी गोली थाप्ने ती महान् शहीदका सपना पूरा गर्ने विषयमा कसैले पनि गद्दारी गर्नुहुँदैन”, नेकपाका केन्द्रीय सदय गौतमले भने , “उहाँहरुले वीरगति पाएको ४८ वर्ष पूरा भइसक्दा शहीदका धेरै सपना अधुरै छन् । झापा आन्दोलनको नेतृत्वकर्तामध्येका एक केपी ओली प्रधानमन्त्री रहेको सरकारले जुनसुकै अप्ठ्याराको सामना गर्दै शहीदका सपना पूरा गर्नुपर्छ ।”

‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ वर्तमान केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले थुप्रै आशलाग्दा कामहरु गरिरहेको उल्लेख गर्दै उनले समाजमा व्याप्त शोषण, दमन, विभेद र अत्याचारको अन्त्य नभएसम्म शहीदका सपना अधुरै रहने बताए ।

झापा विद्रोहका क्रममा सुखानीमा बलिदान दिनुभएका अगुवा नेता रामनाथ दाहालकी छोरी मञ्जु प्रसाईँ कनकाई नगरपालिकाका उपप्रमुख छन् । नेकपा एमालेबाट निर्वाचित उनी आफूजस्ता केही व्यक्तिले पद पाउँदैमा शहीद परिवारको अवस्थामा सुधार नआउने बताउँछन् । क्रान्तिका सयौँ योद्धाका परिवारको हालत दयनीय भएको हुँदा पार्टी र सरकारले त्यसतर्फसमेत ध्यान दिनुपर्ने उनको आग्रह छ ।

सरकारले शहीदका परिवारलाई परिचयपत्रसमेत नदिएको उनले गुनासो गरे । व्यक्तिगत लोभ, स्वार्थ र विभाजनकारी सोच त्यागेर नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउन र शहीदको सपनाबाट च्युत हुन नदिन देश र पार्टी हाँकिरहेका नेताहरुलाई जनखबरदारी आवश्यक भएको उनले बताए । चन्द्रकला भण्डारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x