२६ असार २०८३, शुक्रबार

तयार भयो विप्लव सार्वजनिक हुने मञ्च

फागुन २१, २०७७
तयार भयो विप्लव सार्वजनिक हुने मञ्च

भूमिगत राजनीति गर्दै आएको नेकपा (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' आज (शुक्रवार) सार्वजनिक हुँदैछन् ।

सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आयोजित समारोहमा विप्लव सार्वजनिक हुन लागेका हुन् ।

त्यसअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । नवलपरासीबाट सडकमार्ग हुँदै विप्लव काठमाडौं आएका हुन् ।

हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओली, विप्लव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहका लागि सभागृहमा मञ्च तयारी अवस्थामा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्