२१ असार २०८३, आइतबार

सन् २०१९ मा विश्वभर १ अर्ब टन खाना खेर फालियो, ७० करोड मानिस सुत्छन् भोकै

फागुन २०, २०७७
सन् २०१९ मा विश्वभर १ अर्ब टन खाना खेर फालियो, ७० करोड मानिस सुत्छन् भोकै

संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको एक तथ्यांकअनुसार, सन् २०१९ मा संसारभरि लगभग एक अर्ब टन अर्थात् १७ प्रतिशत खानेकुरा खेर फालिएको छ । 

पहिले आशंका गरिएको भन्दा यो निकै बढी संख्या हो र यसको वातावरणीय, सामाजिक तथा आर्थिक मूल्य निकै चर्को छ । 

खेर फालिएका सबै खानेकुरालाई ४० टनको कन्टेनर ट्रकमा राखेर पार्क गरिएमा पृथ्वीलाई सातपटक परिक्रमा गर्न पुग्छ । 

राष्ट्रसंघको अनुमानअनुसार, ७० करोड मानिस प्रत्येक रात भोकै सुत्न बाध्य छन् । 

घरमा खेर फ्याँकिने खानेकुरा विश्वव्यापी समस्याका रूपमा रहेको छ । 

यस प्रतिवेदनले तीन चौथाइ जनसंख्या र ५४ देशलाई समेटेको छ । यति ठूलो आँकडा उपयोग गरिएकाले यसका निष्कर्षहरू निकै दह्रा छन् । 

खाना उत्पादन, भण्डारण र वितरणका बेलामा खेर फाल्ने काम भन्दा पनि यसले ग्राहकको तहमा खानाको हविगत के हुने गरेको छ भन्ने विषयमा फोकस गरेको छ । 

खेर फालिएको खानेकुरा ल्यान्डफिल साइटमा राख्दा शक्तिशाली ग्रीनहाउस ग्यास मिथेन उत्पन्न हुने र त्यसको कुनै उत्पादकत्व नरहने देखिन्छ । 

खेर फालिएको खानेकुरा खानयोग्य छ भने गरीबलाई बाँड्ने, पशुले खान योग्य बनाउने, कम्पोस्ट मल बनाउने र बायोग्यास प्रोडक्सन गराउने विकल्पहरू छन् । 
 

नेदरल्यान्ड्स र डेनमार्क जस्ता धनी मुलुकले खाना खेर नफाल्ने विषयमा सफल कदम उठाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्