
हिन्दूराष्ट्र पुनःस्थापना र राष्ट्रघाती सन्धी खारेको माग गर्दै शुक्रवार राजधानी काठमाडौं उपत्यकामा प्रदर्शन गरिएको छ ।
‘राष्ट्रवादी पार्टी’को अगुवाइमा धार्मिक संघ–संस्थाले ललितपुरदेखि काठमाडौंसम्म पञ्चेबाजासहित प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय झण्डा, मौलिक पोशाकमा देखिएका अधिकांशले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि सडकमा आएको बताए ।
र्यालीमा अधिकांश महिला छन् ।
ललितपुर इमाडोलका देवहादुर विष्टले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि सडकमा आएको बताए ।
ललितपुरको जावलाखेलबाट शुरू भएको र्याली काठमाडौंको माइतीघर मण्डला पुग्ने आयोजकहरूले बताए ।

