२८ जेठ २०८३, बिहीबार

यूट्युबले हटाइदियो म्यान्मार सेनाका पाँच टेलिभिजन च्यानल

फागुन २१, २०७७
यूट्युबले हटाइदियो म्यान्मार सेनाका पाँच टेलिभिजन च्यानल

सामाजिक सञ्जाल प्ल्याटफर्म यूट्युबले म्यान्मारको सेनाले चलाएका पाँचवटा टेलिभिजन च्यानलाई हटाइदिएको छ । 

‘हामीले कम्युनिटी गाइडलाइन्स तथा सान्दर्भिक कानूनबमोजिम च्यानलहरू बन्द गरेका छौं र कैयौं भिडियोहरू हटाएका छौं,’ यूट्युबकी एक प्रवक्ताले बताइन् । 

सेनाले कू गरेपछिको सबभन्दा हिंस्रक सातामा बुधवार ३८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई दमन गर्न खोजिरहेका छन् र कतिपय क्षेत्रमा गोली चलाइरहेका छन् । 
 

म्यान्मार सेनाले चलाएको एमआरटीभी र म्यावड्डीलाई फेसबूकले पनि प्रतिबन्ध लगाएको छ । 
 

फेसबूकले म्यान्मार सेनासम्बन्धी सबै पेजमा प्रतिबन्ध लगाएको छ र सेनाले फेसबूकलाई नै फेब्रुअरी महिनामा प्रतिबन्ध लगाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्