२९ असार २०८३, सोमबार

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा अवतरण, ३ बुँदे सहमतिमा हस्ताक्षर

फागुन २१, २०७७
विप्लव समूह शान्तिपूर्ण राजनीतिमा अवतरण, ३ बुँदे सहमतिमा हस्ताक्षर

भूमिगत राजनीति गर्दै आइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच ३ बुँदे सहमति भएको छ । 

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा दुवै पक्षका वार्ता टोलीका सदस्यले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सरकार र विप्लवबीच बिहीवार ३ बुँदे सहमति भएको थियो । 

सहमतिपछि सरकारले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरेको छ भने विप्लव समूहले हिंसात्मक आन्दोलन त्याग्ने घोषणा गरेको छ । 

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले एक वर्षदेखि सहमतिको प्रयास भइरहेकोमा अहिले आएर वार्ता निष्कर्षमा पुगेको बताए । 

शुक्रवारको कार्यक्रममै विप्लव सार्वजनिक भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्