×

NMB BANK
NIC ASIA

११ सहायक सडक सम्पन्न हुँदै

फागुन २१, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ । भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ सडक सम्पन्न हुन लागेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । 

Muktinath Bank

हुलाकी राजमार्गबाट भारतको सीमा क्षेत्रसम्म पुग्ने सडक निर्माणको काम भइरहेको निर्देशनालयले जनाएको छ । यी सडकमध्ये कतिपयको लम्बाई १८/१९ किमीदेखि २७ किमीसम्म रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी सबै सडकको गरी जम्मा लम्बाई ८८२ किमी छ । उहाँका अनुसार कतिपय जिल्लामा एउटा मात्रै त कतिपय जिल्लामा दुई तीन वटासम्म यी सडक रहेका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० मा राजमार्गसँगै यी सडक सम्पन्न गर्ने लक्ष्य लिएको छ । उनले भने, “त्यही लक्ष्यका साथ निर्माणको काम भइरहेको छ ।”


Advertisment
Nabil box
Kumari

हुलाकी राजमार्गबाट शुरु भएर सडक महेन्द्र राजमार्ग हुँदै भारतीय सीमासम्म रहेको छ । भारतीय अनुदानमा १० सहायक सडक निर्माण भइरहेकामा नौ सडक सम्पन्न हुन लागेको छ भने एउटा निर्माणाधीन रहेको प्रमुख बिसुरालले जानकारी दिए। नेपाल सरकारको बजेटबाट निर्माण हुने भनिएको २८ सडकमध्ये दुई सम्पन्न भइसकेको र २६ निर्माणाधीन रहेको छन् । उनले भने, “सरकारले वार्षिकरुपमा विनियोजन गरेको बजेटबाट निर्माणको काम भइरहेको छ ।”

Vianet communication
Laxmi Bank

राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको छ । सडक निर्माण सम्पन्न भएपछि तराई–मधेशका जनताको जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।

सरकारले मध्यपहाडी राजमार्गसँगै यो राजमार्गको निर्माण आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण गत आवमा आयोजनाअन्तर्गतका सडक निर्माण सुस्त थियो । चालू आवमा भने अपेक्षा गरिएअनुसार निर्माण अघि बढिरहेको निर्देशनालयले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x